प्रचण्ड–नेपाल पक्षको बैठक : नेकपा संसदीय दलको नेताबाट पनि हटाइयो ओलीलाई, प्रचण्ड नेता चुनिए

NAWALPUR TIMES

प्रचण्ड–नेपाल पक्षको बैठक : नेकपा संसदीय दलको नेताबाट पनि हटाइयो ओलीलाई, प्रचण्ड नेता चुनिए
113939548 prachandaandkpoli

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ।

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाइएको छ।

मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको स्थायी समिति सदस्य योगेश भट्टराईले बताए।

बानेश्वरस्थित संसद भवनमा आज बुधबार भएको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाएको हो।

नेकपाको प्रचण्ड–नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकबाट पार्टीको अध्यक्ष पदबाट पनि ओलीलाई हटाई माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय समिति सदस्य उपस्थित रहेको सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको उनीहरुले जनाएका छन्।

ओलीलाई हिजो अध्यक्ष पदबाट हटाएका प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलबाट पनि हटाउने निर्णय गरेको हो।

प्रचण्ड–नेपाल पक्षले गरेका निर्णयलाई ओली पक्षले भने अस्वीकार गर्दै आएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology