नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २७ गते ७:५२
नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा
received 377154833380056

 डि आर क्षेत्रि/नवलपुर                               रुपन्देहीको तिलोत्तमामा हुने नेपाल जेसीजको ४७ आंै राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । देशभरका १५६ शाखाको राष्ट्रिय भेला (महाधिवेशन) दुई चरणमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले बताए ।

राष्ट्रिय महाधिवेशनमा पहिलो चरणमा राष्ट्रिय पदाधिकारी, नेपाल जेसीजका १५६ शाखाका अध्यक्ष, पूर्व राष्ट्रिय पदाधिकारी र ४७ औं महाधिवेशनका प्रत्यासी उम्मेदार लगायत ३ सय सहभागी हुने कार्यक्रम रहेको छ । दोश्रो चरणमा १५६ शाखाका पदाधिकारी मतदाता मतदानका लागि सहभागी हुने कार्यक्रम रहेको ४७ औं राष्ट्रिय महाधिवेशनका निर्देशक जेसीआई सिनेटर प्रकाश पोख्रेलले बताए ।

कोभिड १९ को संवेदनशिलताका कारण महाधिवेसन २ चरणमा हुन लागेको आतिथ्य शाखा भलवारी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी चिरन्जीवी बस्यालले जानकारी दिए । महाधिवेसनमा सहभागी हुन रुपन्देहिको तिलोत्तमामा आउने राष्ट्रिय पदाधिकारी, शाखा पदाधिकारी, पुर्व राष्ट्रिय पदाधिकारी, पर्यवेक्षक लगायतलाई बस्नका लागि होटल बुकिङ भईसकेको निर्देशक पोख्रेलले बताए ।

पुस १ देखि सुरु हुने राष्ट्रिय महाधिवेशन पुस ४ गते सम्म हुने छ । कार्यक्रमको उद्धघाटन पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने कार्यक्रम तय भएको आतिथ्य शाखाका अध्यक्ष बस्यालले जानकारी दिएका छन् । नेपाल जेसीजको ४७ औं महाधिवेशनबाट वर्ष २०२१ का लागि १ जना राष्ट्रिय अध्यक्ष, ४ जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुने नेपाल जेसीजको प्रावधान छ । तर, अध्यक्ष पदका लागि ७ जना, कार्यकारिणी उपाध्यक्षका लागि १६ जना र राष्ट्रिय उपाध्यक्षका लागि ४१ जनाकाे उमेद्वारि रहेकाे छ ।

राष्ट्रिय अध्यक्ष पदका लागि बीसहजार जेसीजका जेसी अरुणेश्वर खनाल, काभ्रे जेसीजका जेसीआई सिनेटर विकास मानन्धर, नुवाकोट जेसीजका जेसीआई सिनेटर रविन पोख्रेल, त्रिभुवननगर जेसीजका जेसी लालमणी भण्डारी, हेटौडा लेडी जेसीजका शोभा खरेल, गैडाकोट जेसीजका जेसी गोकुल सापकोटा र विराटनगर जेसीजका श्याम सुन्दर पौडेलले उम्मेद्वारी दिएका छन् ।
यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका लागि पाटन जेसीजका जेसी सुमन कृष्ण श्रेष्ठ, भकुण्डे बेसी जेसीजका जेसीआई सिनेटर रुकमणी सिग्देल, बालकोट जेसीजका जेसी रमा प्याकुरेल, नवलपुर जेसीजका जेसी कृष्ण प्रसाद अर्यालले उम्मेद्वारी दिएको नेपाल जेसीजले बताएको छ । यस्तै रामनगर जेसीजका जेसी भोजराज चापागाईँ, हेटौडा जेसीजका जेसीआई सिनेटर अरुण कुमार दाहाल, गितानगर जेसीजका अशोक कोईराला,नाल्दुम नगरकोट जेसीजका मञ्जु शाह ठकुरी, दुहवी जेसीजका जेसीआई सिनेटर कञ्चन झाले पनि उम्मेद्वारी दिएका छन् ।

यस्तै मलंवा जेसीजका जेसी अनवर हुसेन, टंकीसिनवारी जेसीजका मञ्जरी घिमिरे, सौराह जेसीजका शिवप्रसाद भुसाल, पाटन लेडी जेसीजका सुम्रिता सर्मा, काठमाण्डौ जेसीजका मुकुन्द दाहाल, भलवारी जेसीजका गोविन्द पंगेनी र विरता जेसीजका विशाल थापाले पनि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि झापाको सतासीधाम जेसीज का कुमार सिंह साँवा (लिम्बु) यस्तै सितापाइला जेसीजका जेसी अभिषेक दुलाल, तरहरा जेसीजका जेसी सुनिल तिम्सिना, अर्जुनधारा जेसीजका भाष्कर भट्टराई, म्याग्दी जेसीजका जेसी सुजन बरुवाल, बुटवल लेडी जेसीजका जेसी कल्पना पाण्डे, चक्रघट्टी जेसीजका जेसीज सन्तोष चौलागाईँ, ईन्द्रपुर जेसीजका जेसी गणेश प्रसाद भट्टराई, सैनामैना जेसीजका जेसी विमल ज्ञवाली, मनोहरा जेसीजका जेसी रजनी थापा, भद्रपुर जेसीजका जेसी डिल्लीराम पोख्रेल, लमजुँङ जेसीजका जेसी पायल शर्मा, लम्की जेसीजका जेसी मोहन ढुँगानाले उम्मेद्वारी दिएका छन् ।

यता जनकपुर जेसीजका गौतम साह, विरेन्द्रनगर जेसीजका जेसी शिवराज घिमिरे, सिद्धार्थ लेडी जेसीजका जेसी तुलसा भुषाल, कपन जेसीजका जेसी रुपेश भट्टराई, फुलवारी जेसीजका जेसी वीर सिंह महरा, विरगञ्ज जेसीजका जेसी मुकेश सिंह, इमाडोल जेसीजका जेसी सोनित राज ढँुगेल, रामराम जेसीजका जेसी संदिप अग्रहरी, दुहवी जेसीजका जेसी विमला सुवेदी, विरता जेसीजका जेसी मिजास पोख्रेल, चाराली जेसीजका जेसी उत्तम प्रसाद पकुवाल, रामेछाप जेसीजका जेसी गोपाल खड्का, बासामाडी जेसीजका जेसी सरोज अधिकारीले पनि राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् ।

शारदानगर जेसीजका जेसी प्रमिशा काफ्ले, ठिमी जेसीजका जेसी जीवन श्रेष्ठ, दैलेख जेसीजका जेसी प्रकाश पौडेल, नारायणगढ जेसीजका जेसी अनोज जोशी, किर्तिपुर जेसीजका जेसी नरेन्द्र महर्जन, चम्पापुर जेसीजका जेसी योगिराज अधिकारी, झुम्का जेसीजका जेसी पुष्प कार्की, धनकुटा सिटी जेसीजका जेसी सुरेश कार्की, धरान जेसीजका जेसी दिपेन्द्र निरौला, गोदावारी जेसीजका जेसी किरण न्यौपाने, देवदह जेसीजका जेसी केशव अधिकारी, नेपालगञ्ज जेसीजका जेसी प्रज्वल कुमार श्रेष्ठ, रजहर जेसीजका जेसी राजन गौतम, महेन्द्रनगर जेसीजका जेसी हरिश भट्ट र रत्ननगर जेसीजका जेसी सुवास पोख्रेलले पनि उम्मेद्वार दिएका छन् ।

आतिथ्य शाखा भलवारी जेसीजले ४७ औं राष्ट्रिय महाधिवेशनमा ६० लाख रुपैयाँ खर्च हुन सक्ने अनुमान राखेको छ । यस अघि चितवनको रत्ननगरमा भएको ४६ आंै राष्ट्रिय महाधिवेशनमा २ करोड हाराहारीमा खर्च भएको थियो । ४७ औ राष्ट्रिय महाधिवेसनमा ६० लाख खर्च हुन सक्ने अनुमान महाधिवेशनको आतिथ्यता गर्ने भलबारी जेसीजले जनाएको छ । कोभिडका कारण मतदान बाहेकका कार्यक्रम भर्चुअल हुने भएकाले खर्च कटौती भएको बस्यालले बताए ।

प्रकाशित : २०७७ मंसिर २७ गते ७:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI