कोरोना कहरका कारण लागेन एकादशी मेला

NAWALPUR TIMES

कोरोना कहरका कारण  लागेन एकादशी मेला
FB IMG 16061438849116037

कावासोती । पुर्वी नवलपरासीका विभिन्न ठाउँमा बर्सेनि लाग्दै आएका हरिबोधनी एकादशी मेला यस वर्ष लागेका छैनन ।

कोरोना संक्रमणको डरले जिल्लाको पिठौली , शिख्रौली, केउरानी, गुन्द्रही , ईटौरा लगाएतका स्थानको नारायणी नदिको किनारमा लाग्दै आएको हरिबोधनी एकादशी मेला यस वर्ष भने लागेनन ।

भिडभाडबाट कारण बाट संक्रमणको जोखिम बढन सक्ने भन्दै जिल्ला प्रसासन कार्यालय मेला महोत्सव लगाउनमा रोक लगाएको र स्थानीय मेला आयोजकले पनि यस वर्ष मेला व्यवस्थापन नगर्ने जनाए पछि मेला नलागेको कावासोती-१३ का वडा अध्यक्ष विनोद राना मगरले बताए ।

मेला नलागे पनि नारायणी नदि किनारका घाटमा एकादशी स्नान गर्नेहरुको भिड भने देख्न सकिन्थ्यो । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आजकै दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन छ।

तुलसी विष्णुप्रिया भएकाले दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। यस वर्ष हिजो र आज दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले हिजै मनाएका छन्। वेदमा आधारित भई धार्मिक काम गर्नेले आज एकादशी व्रत गरी तुलसीको विशेष पूजा आराधना गर्दैछन्।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ। ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।-File Photo

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology