साचो माया गर्नलाई उमेरले छेक्दैन । ८४ वर्षीय कालिन डन र ८२ वर्षीया सैली स्मिथ ब्रिटेनमा बस्छन् । उनीहरुको पहिलो भेट १९७२ मा भएको थियो । त्यो समयमा सैली एक सामाजिक क्लबमा काम गर्थिन् । कालिन त्यो क्लबमा हप्ताको एकदिन जाने गर्थे । त्यहि क्रममा उनीहरुबीच माया बसेको थियो । उनीहरुले लगभग ४ दशकसम्म डेटिङ गरेपछि हालमात्र विवाह गरेका छन् । उनीहरुको विवाह १ सय भन्दा धेरै साथी र नातेदारको बीचमा सम्पन्न भएको छ ।
कालिनले उनीहरुकोबीचको सम्बन्ध ४४ वर्ष अघिकै जस्तै अहिले पनि भएको बताएका छन् । उनले आफुहरुबीचको सम्बन्धलाई कसैले तोड्न नसक्ने भन्दै सम्बन्ध जोगाउन हरेक कोशिश गर्ने पनि जानकारी दिएका छन् । एजेन्सी
प्रकाशित : २०७७ मंसिर ४ गते १७:२८
Facebook Comment