कावासोती । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय (अस्थाई कोरोना अस्पताल)बाट आज १२ जना कोरोना संक्रमित निको भएका छन् । शुक्रबार संकलित नमुनाबाट १२ जनाको नतिजा नेगेटिभ आएपछी अस्पतालबाट निको भएका संक्रमितहरुलाई डिस्चाज गरिएको छ । चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार कार्तिक १४ गते न्याजोफ्यारेजियल संकलन पुन पिसिआर परिक्षणको लागि पोखरा प्रयोगशालामा १२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
डिस्चार्ज हुनेमा कावासोती नगरपालिका वडा नं ८ का ७ पुरुष , देवचुली नगरपालिका वडा नं १६ का ४ पुरुष र विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ का १ पुरुष रहेका छन् । चिकित्सालयमा अब ८ जना मात्र सक्रिम कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित : २०७७ कार्तिक १६ गते १७:५०
Facebook Comment