सांसद कण्डेलद्वारा राम मन्दिरको शिलन्यास

NAWALPUR TIMES

सांसद कण्डेलद्वारा  राम मन्दिरको शिलन्यास
FB IMG 16039872583479190

उमेश बि.क / नवलपरासी 

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ नयाँटोल रजाहामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलद्धारा राम मन्दिरको शिलन्यास गरिएको छ ।

मन्दिर निर्माण समितिका अध्यक्ष गोकुलमणि भण्डारीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख अातिथ्यतामा सोमनाथ महादेव मन्दिर परिसरमा राम मन्दिरको शिलन्यास गरिएको हाे।

मन्दिरको शिलन्यास गर्दै प्रतिनिधिसभा सदस्य कण्डेलले यो क्षेत्र धार्मिक हिसाबले उत्कृष्ट रहेको हुदा यस क्षेत्रलाई धार्मिक वन तथा धार्मिक पर्यटकिय स्थल निर्माण गर्नका लागी राम मन्दिरको शिलन्यासले राम्रो भुमिका खेलेको बताउदै उक्त मन्दिर छिटै निर्माण हुने र निर्माण कार्यमा आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले सरावल गाउपालिकाका सम्पुर्ण पर्यटकिय तथा धार्मिक क्षेत्रलाई प्रवर्धन तथा प्रचार प्रसारका लागी योजनाहरु ल्याएको बताउदै गाउँपालिकाले सम्पुर्ण भाष धर्म र संस्कृतिको सम्मान गर्दै बिकास गर्दै लैजाने बताउनु भयाे।

सो कार्यक्रममा सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा राय, नेपाली कांग्रेसकमा संगठन विभाग केन्द्रिय सदस्य मोहन शर्मा,रजहा वन बाटिकाका सचिव हरि प्रसाद शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो । मिनराज भट्राईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सञ्चालन उमापति बस्यालले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology