चितवन राष्ट्रिय निकुञ्जमा गोलि लागेको मृत गैंडा फेला

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जमा गोलि लागेको मृत गैंडा फेला
IMG 20200908 174631

डि आर क्षेत्रि/२३ भाद्र
चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको एक सिंगे गैंडा मृत भेटिएको छ। निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

टाउकोमा दुईवटा गोली लागेको अवस्थामा गैंडा भेटिएको बरालले बताए। भदौ २१ गते नै मृत गैंडा भेटिए पनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेकाे निकुञ्ज कार्यालय श्राेतले जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत बरालले सिकारीले गोली हनेर भागेको हुनसक्ने बताए। ‘केही दिनअघि गोली पड्किएको आवाज सुनेपछि निकुञ्जका कर्मचारी , सुरक्षाकर्मीहरु तथा संरक्षण अभियान्ताहरुले खोजी कार्य तीव्र बनाएका थिए ’, बरालले भने, ‘तर गैंडा, गोलीको खोका केही पनि भेटिएको थिएन।’

उनले नारायणी नदीको टापु लौखानी पारी पट्टि रातोपानी घोलमा गैंडा फेला परेको बताए।

चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष मात्रै चार वटा गैंडा मरिसकेका छन्।

यसअघि कालगती र दुर्घटनामा परेर तीन वटा गैंडा मरिसकेकाे छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology