गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

NAWALPUR TIMES

कास्की, २१ भदौं । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि गरेको छ । यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology