मध्यविन्दुमा ९ सहित नवलपुरमा १२ संक्रमित थपिए

NAWALPUR TIMES

कावासोती । पूर्वी नवलपरासीमा मध्यविन्दु नगरपालिका ९ सहित नवलपुुरमा आइतबार विहानै १२ जना नयाँ संक्रमित थपिएका छन् । मध्यविन्दु नगरपालिकामा २ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

मध्यविन्दुमा मध्यविन्दु ७ का एक जना महिला, मध्यविन्दु १० का १ जना महिला ५ जना पुरुष, मध्यविन्दु ८ का १ जना पुरुष र मध्यविन्दु १५ का १ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी कावासोती-२  कि  १ महिला कावासोती-९ कि १ महिला र बुलिङटार १ का एक जना पुरुषमा संक्रमण देखिएको हो । आज संक्रमणदेखिएका अधिकांश समुदायका हुन् । नवलपुरमा यो सहित संक्रमितको संख्या ५ सय ४५ जना पुगेको छ ।

नवलपुरमा अहिलेसम्म कोरोनाका कारण २ जनाको ज्यान गएको छ भने ३६६ जना निको भएका छन् ।

 

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology