कोरोना संक्रमण भई निको भएका व्यक्तिलाई प्लाज्मा दान गर्न चिकित्सक संघको आग्रह

NAWALPUR TIMES

कोरोना संक्रमण भई निको भएका व्यक्तिलाई प्लाज्मा दान गर्न चिकित्सक संघको आग्रह
2098708561Nepal Medical Association

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमण भई निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न अनुरोध गरेको छ।

संक्रमण भई निको भएका व्यक्तिहरुले दान गरेको ‘१ पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसलाई जोगाउन सकिने भएकाले निको भएका व्यक्तिहरुलाई यस्तो आग्रह गरेको हो।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संघले ‘प्लाज्मा’ दान गर्ने देशभरका सबै व्यक्तिको विवरण संकलन गरी ‘प्रशंसा–पत्र’ सहित उच्च सम्मान गर्ने निर्णय गरेको समेत जनाएको छ।

नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा संघले प्लाज्मा दानबाट जीवनरक्षा गरी समाजमा पुनर्स्थापना गराउन सकिने सन्देश सहितको अभियान सञ्चालन गर्न लागिएको समेत उल्लेख छ।

‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (‘सिपिटी’) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो।

यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको १४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिइन्छ।

कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधि तथा इन्जेक्सनको अनुसन्धान भइरहेको विद्यमान अवस्थामा ‘प्लाज्मा’ थेरापी वरदान सावित भएको संघले ठहर गरेको छ।

प्लाज्मा दान गर्दा कुनै पनि शारीरिक र मानसिक असर नपर्ने समेत संघले स्पष्ट पारेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology