लिपिस्टिक लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

NAWALPUR TIMES

लिपिस्टिक लगाउँदा ध्यान दिनुपर्ने कुराहरु
lipistic newanarobar

प्राय महिलाहरूको व्यागमा मेकअपका सामग्री हुनेगर्छन्। त्यसमध्ये प्रमुख हो लिपिस्टिक। टिपिस्टिकले महिलाहरूलाई निकै सुन्दर देखाइरहेको हुन्छ। त्यसैले पनि महिलाहरूले लिपिस्टिकको प्रयोग गरिरहेका हुन्छन्।

यदि लिपिस्टिकलाई मिलाएर लगाएको छ भने त त्यसले सुन्दरतामा महकता नै थपिदिएको हुन्छ। त्यसैले सधै लिपिस्टिक लगाउने तरिकामा ध्यान दिनुपर्छ।

सबैभन्दा पहिले लिपिस्टिक लगाउँदा ओठ सुख्खा वा फोटेका छन्, छैनन् भन्नेमा ध्यान दिनुपर्छ। नत्र फुटेका ओठमा भित्रसम्म लिपिस्टिक गएर ओठको सुन्दरता नै विग्रीन सक्छ। त्यसैले यस्तो अवस्थामा ओठमा लिप बाम वा ग्लिसरीनलगायर मात्र लिपिस्टिक लगाउनुपर्छ। यस्तो गर्दा फाटेका ओठमा पनि लिपिस्टिक सुन्दर देखिन्छ।

लिपिस्टिक लगाउनुभन्दा पहिले ओठमा लिप पेन्सिलले आउटलाइन वा शेडलाइन बनाउनुपर्छ। यसले ओठको आकारलाई क्लियर गरिदिन्छ। र, यस्तो गर्दा लिपिस्टिक थप आकर्षक देखिन पुग्छ।

लिपिस्टिक लगाउँदा एकै कोट लगाउनु हुँदैन। यस्तो गर्दा लिपिस्टिकको रंग चाडै फिक्का बन्न पुग्छ। त्यसैले लिपिस्टिक लगाउँदा दुई/तीन कोट लगाउनुपर्छ। अर्को कुरा लिपिस्टिक लगाउँदा मेरो अनुहार र पहिरनको कलरसँग कुन कलरको लिपिस्टिक मेल खान्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

लिपिस्टिकको एक कोट लगाएर हल्का पाउडर लगाउनुस्। यस्तो गर्दा लिपिस्टिक पुरै सेट हुन पुग्छ। यस्तो अवस्थामा लिपिस्टिकको कलर फिक्का भयो भने एक कोट अरु लगाएर गाढा बनाउन सकिन्छ। यसले गर्दा लिपिस्टिकको कलर धेरै बेरसम्म गाडा भइराख्छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology