कोरोनाबाट नवलपरासी पूर्वमा एक पुरुषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १३ गते २१:४३
कोरोनाबाट नवलपरासी पूर्वमा एक पुरुषको मृत्यु

नारायण शर्मा/नवलपरासी — विनयी त्रिवेणी गाउँपालिकामा एक ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिबार चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर-६ त्रिवेणीधामका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।ती पुरुषलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : २०७७ भदौ १३ गते २१:४३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI