हुप्सेकोट: बलबहादुरको प्यानलै विजयी

NAWALPUR TIMES

हुप्सेकोट:  बलबहादुरको प्यानलै विजयी
IMG 20210927 191929 scaled

नवलपुर ,असोज ११ । नेपाली काँग्रेस हुप्सेकोट गाउँ कार्य समितिमा बलबहादुर राना सभापतिमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनबाट राना सहितको पदाधिकारी प्यानल चुनिएको हो ।

कार्य समितिको उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती निर्वाचित भएका छन् । सचिवमा चोलाकान्त रेग्मी (आसिस), धनबहादुर गुरुङ  र सहसचिवमा भीमबहादुर सारु मगर र चित्रबहादुर राउत निर्वाचित भएको हुप्सेकोट वडा नं ३ का काँग्रेस सभापति शोभाकान्त लामिछानेले जानकारी दिनुभयो ।

 

कुल १ सय १५ मतदाताले मतदान गरेका थिए । १ सय ११ सदर मतमध्ये सभापतिमा रानाले ६७ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार  ओमनसिं रजालीले ४३ मत प्राप्त गर्नुभएको छ । प्यानलनै निर्वाचित समूह नेता कार्की निकट समुह हो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology