हसौरामा जुवाको खालबाट १६ जना पक्राउ

NAWALPUR TIMES

हसौरामा जुवाको खालबाट १६ जना पक्राउ
tash play card2019 10 04 02 06 37

कावासोती । नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट नवलपुर प्रहरीले तास खेली रहेको अवस्थामा ४७ हजार ४ सय ५५ रुपैयाँ सहित १६ जनालाई शनिबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरिका अनुसार कावासोती ४ हसौरा निवासी ३४ बर्षीय लेखबहादुर थारुको घर जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा टेकबहादुर दर्लामी लडी घाइते भएको र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने १५ जना सबै हसौराका हुन् ।

पक्राउ पर्नेमा लेखबहादुर थारु, प्रकाश भण्डारी, दीपक गिरी, बिरबहादुर महतो, खेम तिवारी, नवराज गौतम, भिम आले, राजन पाण्डे, चक्रपाणी पाण्डे, रामजी ढुंगाना, हरि महतो, हस्तबहादुर मल्ल, प्रेमकुमार महतो, प्रकाश शर्मा,  उदय महतो र  टेकबहादुर दर्लामी  रहेका प्रहरीले जनाएको छ ।-फाईल फोटो

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology