संसद पुनःस्थापनाको खुशियालीमा कांग्रेस महामन्त्रीको निर्वाचन क्षेत्रमा दिप प्रज्वलन

NAWALPUR TIMES

संसद पुनःस्थापनाको खुशियालीमा कांग्रेस महामन्त्रीको निर्वाचन क्षेत्रमा दिप प्रज्वलन
received 458804045155986

नारायण शर्मा/नवलपरासी
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको खुशियालीमा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको निर्वाचन क्षेत्रमा दिप प्रज्वलन गरिएको छ ।
पुर्वी नवलपरासी सदरमुकाम कावासोतीमा रहेको कांग्रेसको जिल्ला कार्यालय परिसरमा तरुणदलका युवाहरुले मैनबत्ति बालेर अहिले केहिवोर अघिदेखि खुशियाली मनाएका छन । यो महामन्त्री डा शशांकको निर्वाचन क्षेत्र पनि हो ।
संबिधान बिघटन हुन वाट जोगिएको ऐतिहासिक उपलब्धि सर्वोच्च अदालतवाट प्राप्त भएर संसद पुनःस्थापना भएको दिनमा मैनबत्ति बालेर खुशियाली मनाएका हौ तरुणदल नवलपरासीका अध्यक्ष सूर्य गूरुंगले भने तरुण साथिहरुले स्वतःस्फुर्तरुपमा दिप प्रज्वलन गरेका हुन । गुरुंगले कुनै सन्काह शासकले गरेको हरेक गतिबिधि राजनैतिक हुदैन भनेर प्रधानमन्त्री केपी ओलीका अन्धभक्तहरुले बुझन जरुरी रहेको प्रतिकृया दिए ।
कांग्रेस कार्यालय परिसरमा रहेको बिपि कोइरालाको शालिक वरिपरि अहिले सांझ तरुणदलका सर्मथकहरुले मैनबत्ति वालेर खुशियाली मनाएका हुन । पुर्वी नवलपरासीवाट लगातार तेश्रो पटक संसदमा बिजयी भएका कांग्रेस महामन्त्री शशांक कोइरालालाई जिल्लाका कार्यकर्ता र मतदाताले अब कांग्रेस पार्टी सभापतिमा उम्मेदवार बन्न दवाद दिइरहेका छन । आपनो निर्वाचन क्षेत्रमा मतदातालाई आश्वस्त पार्दै कोइरालाले आउदो महाधिबेशनमा आफु जसरी पनि सभापतिको उम्मेदवार बन्ने र कसैले रोक्न नसक्ने भन्दै आएका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology