वैशाखमै स्थानीय निर्वाचन गर्न देउवामाथि दबाब

NAWALPUR TIMES

वैशाखमै स्थानीय निर्वाचन गर्न देउवामाथि दबाब
deuwa

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए ।

तर, प्रमुख सत्तारूढ कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचनजस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय गर्न नपाउने भन्दै वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने भनेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले निर्वाचन जस्तो महŒवपूर्ण विषयमा पार्टीभित्र कुनै पनि छलफल नै नगरी सभापति एकलौटी ढंगबाट अघि बढेको र वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने निष्कर्ष बैठकको रहेको बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology