वीर अस्पतालका ७१ स्वास्थ्यकर्मी कोरोना संक्रमित, दुई दिनका लागि ओपीडी बन्द

NAWALPUR TIMES

काठमाडौं। वीर अस्पतालका ७१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन्।

 

१२ जना चिकित्सकसहित ७१ जना संक्रमित भएको अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले जानकारी दिए।

 

हिजो मात्र १३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ।

 

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य छ। संक्रमितमध्ये केहीको अस्पतालमै उपचार भइरहेको छ भने केही होम आइसोलेसनमा बसेका छन्।

 

पछिल्लो एक महिनादेखि वीरका चिकित्सक, फार्मेसीका कर्मचारी, नर्स, सरसफाइ कर्मचारीलगायतलाई कोरोना संक्रमण भएपछि अस्पतालको ओपीडी दुई दिनका लागि बन्द गरिएको छ।

 

“सेनिटाइज गर्नका लागि आज र भोलि अस्पतालको ओपीडी बन्द गरिएको छ। अस्पतालको ओपीडी, आईसीयू, वार्ड र विभिन्न शाखाहरूमा सरसफाइ, स्यानिटाइजेसन तथा कन्ट्याक्ट ट्रेसिङलगायतका कार्य गर्नुपर्ने भएकाले ४८ घण्टाका लागि बन्द गरिएको हो,” डा. सेन्चुरीले भने।

 

भोलिसम्मका लागि इमर्जेन्सी, सेवा, फिभर क्लिकल, आईसीयू, इन्डोर सेवा, पीसीआर ल्याब, प्रशासन शाखाका सेवाहरू भने सुचारु रहने उनको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology