लुधियानामा आफूले काम गर्ने घरबाट करिब ४० लाख लुटेर नेपाली दम्पती फरार

NAWALPUR TIMES

लुधियानामा आफूले काम गर्ने घरबाट करिब ४० लाख लुटेर नेपाली दम्पती फरार
2021 7largeimg 1865078524

काठमाडौं। भारतको लुधियानामा एक व्यापारीको घरमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली जोडीले त्यहाँको मोडल टाउनमा रहेको व्यापारीको घर लुटेर फरार भएका छन् । त्यहाँका वृद्ध दम्पती हरि सिंह (७९) र उनकी पत्नी कुरशरण कौरकहाँ काम गरेर बसेका ती नेपाली शनिबार राती लाखौंको नगद र बहुमूल्य वस्तुहरु लिएर फरार भएका हुन् । उनीहरुले लुटपाटको लागि आफ्ना २ सहयोगीहरु एक पुरुष र एक महिलालाई पनि बोलाएको बताइएको छ ।

दैनिक ट्रिब्युनका अनुसार लुटपाट गर्नुअघि उनीहरुले घरमा जडान गरिएको सीसीटिभी क्यामेरा स्विच अफ गरेका थिए । अनिल बहादुर र उनकी पत्नी सुस्मिताले घरको सीसीटिभी क्यामेरा अफ गरेको भए पनि छिमेकमा जडान गरिएका सीसीटिभी क्यामेरामा उनीहरु आफ्ना २ सहयोगीका साथमा शनिबार राती १२ बजे त्यहाँबाट भागेका देख्न सकिन्छ । बिहान घटनास्थलमा पुगेको पुलिसले वृद्ध दम्पती र उनीहरुका ४ घरेलु कामदारलाई अस्पताल लगेको थियो जहाँ उनीहरुको अवस्था स्थिर भएको बताइएको छ ।

यो घर उद्योगपछि गुरमित सिंहको हो जसको रामगढ नजिकै जस्सल फर्गिङस नामको कम्पनी छ । परिवारका अरु सबै घटनाका दिन देहरादून गएका थिए र घरमा वृद्ध दम्पती मात्र थिए । बिहान घरमा गुरुद्वाराका एक पुजारी पुग्दा घरमा सबैलाई बेहोस देखेपछि पुलिसलाई खबर गरेका थिए । पुलिसले लुटिएको नगद र बहुमूल्य सामान कति थियो भन्ने प्रस्ट बताएको छैन । अपुष्ट स्रोतका अनुसार उनीहरुले करिब ४० लाख लुटेर भागेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology