लागुऔषध सहित नवलपुरको कावासोतीमा दुईजना पक्राउ

NAWALPUR TIMES

पुर्वि नवलपरासीमा २ युवा लागुुऔषध सहित पक्राउ परेका छन । कावासोती नगरपालिका वडा नं. १६ चालिसकिलो जंगलबाट २ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पुर्व तर्फ जान आउँदै गरेको ग १ ख ९६१६ नं को बस चेक जांच गर्ने क्रममा चितवन भरतपुर २७ का विनोद चौधरी र भरतपुर १७ का बिजय लामा पक्राउ परेका हुन ।
उनिहरुको साथबाट नुफिन, डाईजापाम र फेनारागन बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । पक्राउ परेका उनिहरुमाथी लागु औषध मुद्दामा अनुसन्धान भई रहेको उनले बताए

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology