रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

NAWALPUR TIMES

रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
1641041914502

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत् उक्त जानकारी दिएका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन्।

मनोनीत भएकामध्ये पौडेल १४औं महाधिवेशन प्रक्रियाबाट अलग भएका थिए। यता, सिंह र निधि सभापतिमा पराजित भएका थिए। अर्का नेता गच्छदार उपसभापति पदमा धनराज गुरुङसँग पराजित भएका थिए। नेतृ कोइराला पनि उपसभापति पदमै पराजित भएकी थिइन्।

यस्तै, डा महत महामन्त्री पदमा विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology