मृत्यु दर्ता गरेर भाइले अंश हडपे, ‘ज्युँदो छु, भूत होइन’ भन्दै दाजु सडकमा

NAWALPUR TIMES

मृत्यु दर्ता गरेर भाइले अंश हडपे, ‘ज्युँदो छु, भूत होइन’ भन्दै दाजु सडकमा
zinda011 27 1611130809 465875 khaskhabar Ppzy6HWUDE

यो एउटा त्यस्तो कहानी हो, जसले चर्चा त धेरै पायो । तर यसको शृंखला रोकिने छाँट देखिएको छैन । उत्तर प्रदेशको मिर्जापुर अमोई गाउँका ६५ वर्षीय भोला सिंहलाई मृत घोषित गर्दै राजस्व अधिकारीहरुसँग मिलेर उनका भाइले पैतृक सम्पती हडपे ।

त्यसपछि भोलाले आफूलाई जीवित छु भनेर प्रमाणित गर्न संघर्ष गर्नुपरेको छ । मिर्जापुर जिल्ला प्रशासनले उनको वास्तविक पहिचान साबित गर्नका लागि डिएनए परीक्षण गराउनुपर्ने आदेश दिएको छ । जिल्ला कलेक्ट्रेट बाहिर एक साइड बोर्ड बोकेर उनी बसिरहेका हुन्छन् । जसमा लेखिएको छ, ‘सर म जिउँदो छु । म एक मानिस हुँ, भूत होइन ।’

यस विषयमा छानविन गरिरहेका एक अधिकारीले अमोईका मानिसहरुले भोलालाई नचिनेका कारण डिएनए परीक्षण आवश्यक परेको प्रतिक्रिया दिएका छन् । अतिरिक्त जिल्ला मजिस्ट्रेट युपी सिंहले भने, ‘हामीले घटनाको छानविन गरिरहेका छौं । यी व्यक्ति अमोई गाउँमा नभएर अन्यत्रै गाउँमा बस्छन् । जब भोला सिंहलाई अमोईमा ल्याइएको थियो, तब गाउँलेले उनलाई चिन्न सकेनन् । उनका आफ्नै भाइले पनि चिन्न सकेनन् । यहाँसम्म कि गाउँका कसैले पनि चिन्दिनँ भने । यी व्यक्ति पछिल्लो २० वर्षदेखि अन्य कुनै गाउँमा बसिरहेका रहेछन् ।’

जिल्ला मजिस्ट्रेटको कार्यालयबाहिर ६५ वर्षका यी वृद्धले पत्रकारहरुसँग भनेका छन्, ‘मेरो नाम भोला हो । मेरा बाबुको निधनपछि जग्गाजमिन दुुई भाइको नाममा हुने भनेर लेखिएको थियो । तर, जमिनको कागजातहरुमा मलाई मृत देखाइयो, जबकी म ज्युँदो छु । त्यहीकारण अहिले यहाँ उभिनुपरेको हो ।’

यस केसको सुरुवात झन्डै ५ वर्षअघि भएको थियो । जब नोभेम्बर २०१६ मा कोतवाली पुलिस स्टेशनमा जालसाजी गरेर एक प्राथमिकी दर्ज गराइएको थियो । भोला सिंहका अनुसार उनका भाइ राज नारायण र दुई जिल्लाधिकारीहरुले मिलेर गलत तरिकाले उनलाई मृत घोषित गरे, अनि उनको पैतृक जमि हडपे । यस विषयमा कसैले बास्ता नगरेपछि उनले एफआईआर दर्ज गराएका छन् ।

भोलाको यो कहानी धेरै हदसम्म लाल बिहारीसँग मिल्छ, जसलाई पनि सम्पत्ती हडप्ने क्रममा आफन्तहरुले कागजमा मृत घोषणा गरेका थिए । त्यसपछि झन्डै १९ वर्षसम्म भारतीय कर्मचारीतन्त्रसँग लडेर उनले आफ्नो अधिकारी लिए । लाल बिहारीको यस घटनामा फिल्ममेकर सतिश कौशिकले ‘कागज’ फिल्म बनाइसकेका छन्, यसलाई ओटिटी प्लेटफर्ममा रिलिज पनि गरिएको छ । भारतमा यस्ता घटनाको शृंखला धेरै देखिएको छ । यस्ता घटनाले चर्चा धेरै पाएपनि पीडितहरुले भने न्याय पाउन अझै मुस्किल छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology