मध्यबिन्दुमा पोषण संवेदनशिल कृषि सेवाहरुको पहुँच सम्बन्धि अन्तरक्रिया सम्पन्न

NAWALPUR TIMES

निशा भण्डारी चोरमारा, ६ चैत्र ।

पोषण संवेदनशिल कृषि सेवाहरुको पहुँच बढाउने उदेश्यले निजी कृषि सेवा प्रदायकहरु तथा सरोकारवालाहरुहरु बिच मध्यबिन्दुमा एक अन्तरक्रिया तथा योजना गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक संजालका अध्यक्ष शेर बाहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख ओम कुमारी महतोको प्रमुख आतिथ्यता रहेको थियो ।

उहाँले कार्यक्रमका बिच पोषणमा सुआहाराले पुर्याएको योग्दानको मुल्याकन र पोषणमा कृषिको महतोपुर्ण भुमिका रहेको बताउदै यसमा नगर तथा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनु भयो । कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछाने,पशु विज्ञ केन्द्र गायत्री राज वाग्ले ,सुआहारा केन्द्रका दिपक शर्मा विशेष अतिथी रहनु भएको थियो ।

कार्यक्रमका विच संञ्जाका अध्यक्ष महतोले कृषिमा सक्रिय समुहहरुलाई प्रोसाहन गदै कृषकलाई समयमानै विउ, मल जस्ता विभिन्न कृषिमा आवश्यक सामान सरल पहुचमा पुराउन आवश्यक रहेको कुरामा जोड दिनु भयो। कार्यक्रममा मध्यविन्दु नगरपालीका ,वुलिङ्टार र विनयत्रिवेणि गाउपालीकाका कृषि एग्रोवेट तथा तरकाली व्यवसाहिहरुको उपथिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण बेस नेपाल सुआहारा कार्यक्रम अधिकृत सीता शर्माले गर्नु भएको थियोे।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology