भ्रमकाे खेति कहिलेसम्म टिक्ला र ? : ठाकुर गैह्रे

NAWALPUR TIMES

भ्रमकाे खेति कहिलेसम्म टिक्ला र ? : ठाकुर गैह्रे
received 220616999732675

कावासोती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता ठाकुर गैह्रेले ओली समूहले देशैभरि भ्रमकाे खेति गरेकाे बताएका छन् । गाउँ गाउँमा वडाध्यक्षदेखि मेयर, उपमेयर , सांसद र मन्त्रिसम्मकाे टिकट बाँडेर ओलि समूहले कम्युनिष्ट नितिकाे धज्जी उडाएकाे बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरकाे दाहाल-नेपाल समूह निकटका जनवर्गीय संगठनहरूकाे चाेरमारामा भएकाे भेला तथा प्रशिक्षण कार्यक्रममा उनले उक्त भनाई राखेका हुन् ।

एमाले एमाले एकातिर, माओवादी माओवादी एकातिर भनेर पनि भ्रम फैलाईएकाे छ । दुवै दल त पहिले नै विघटन भईसकेकाे र नेकपा बनेकाे हाे । नेकपाकै व्यानरमा एमाले एमाले भनेर हिड्नेहरूले एमालेकै व्यानरमा कार्यक्रम गर्न सुझाव दिए । जतिसुकै सेटिङ्ग मिलाएकाे भए पनि अन्तत: ओलीले गरेकाे प्रतिगमनकाे विरूद्ध जनताले सडकबाट उल्टाउने बताएका थिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य किसन शर्मा गैरे, केन्द्रिय सदस्य रविन्द्र अधिकारी , संविधान सभा सदस्य कृष्ण पौडेल , नेकपा जिल्ला कमिटी सचिव मित्रशरण शर्मा (बिहानी)ले प्रशिक्षण मन्तव्य राखेका थिए । साे कार्यक्रममा जानू पूर्व युवा तथा विद्यार्थीहरूले कावासाेतीमा ओली समूहकाे कार्यक्रममा टाेपबहादुर रायमाझी आउने भएपछि चाेक चाेकमा कालाे झण्डा, विराेध व्यानर र कालाे बेलुन समेत उडाएका थिए ।चाेरमारामा भएकाे प्रशिक्षण कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरू, जिल्लाका संयाेजक, सहसंयाेजकहरूकाे उपस्थितिमा भएकाे कार्यक्रमकाे अध्यक्षता राष्ट्रिय युवा संघका जिल्ला सहसंयाेजक चन्द्र रानाभाटले गर्नु भएकाे थियाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology