भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो

NAWALPUR TIMES

भारतको राजस्थानबाट  धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो
ss

बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।

मौसमविद्  शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन,  बिहीबार देखि  उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology