बालबालिकाको सिकाइ र मनोसामाजिक पक्षमा ध्यान दिन सुझाव

NAWALPUR TIMES

बालबालिकाको सिकाइ र मनोसामाजिक पक्षमा ध्यान दिन सुझाव
shutterstock 124002037 640x510 1

काठमाडौँ, २९ भदौ: कोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपयुक्त आहारविहारमा विज्ञले जोड दिएका छन् । मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा ‘बाल विकासमा कोरोना महामारीले पारेको असर’बारे विषयगत विज्ञ र बालबालिकासँग आज आयोजना गरेको संवादमा अभिभावकले सहयोगी वातावरण दिनुपर्ने र बालबालिकले कोरोनालाई त्रासका रुपमा नलिइ सुरक्षित रही शैक्षिक क्रियाकलापमा सम्पग्न हुनुपर्ने सुझाव उनीहरुले दिए । । अनलाइन सिकाइका क्रममा धेरै समय मोबाइल र ल्याबटपमा पनि झुम्मिरहन नहुने विज्ञको राय छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकारको संरक्षणका लागि आवधिक नीति र कार्यक्रम तर्जुमा गरेको बताउँदै वैकल्पिक सिकाइको प्रभावबारे मूल्याङ्कन गरेर अघि बढ्न सम्बन्धित मन्त्रालयबीच परामर्श भइरहेको जनाए ।

शिक्षाविद् प्रा डा वासुदेव काफ्लेले बालबालिकालाई उनीहरुकै सहभागितामा सिकाइ निरन्तरता दिनुपर्ने सुझाव दिँदै लामो समयसम्म यस्तो अवस्था नहरने भएकाले विद्यालय खोल्ने समय आउने अपेक्षा व्यक्त गर्नुभयो । जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेतीले पत्रु खाना खान नखान र सरसफाइमा ध्यान बालबालिकालाई आग्रह गरे । मनोविज्ञ डा गङ्गा पाठकले लामो समय घरमै रहँदा बालबालिकाले एक्लोपन महसुस गर्ने र झर्किने खालको हुन सक्ने भएकाले तिनको भावना बुझेर अभिभावकले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले अहिलेको अवस्थामा बालअधिकारको रक्षा र उनीहरुको शिक्षा अहं सवाल भएकाले आफूहरुले संवाद आयोजना गरेको बताए । यस वर्षको दिवसको नारा ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ रहेको छ । नेपालले ंसंयुक्त राष्ट्र सङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको दिनलाई यो दिवस मनाउन थालिएको हो ।
राष्ट्रिय बाल अधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६’ ले मुुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुव्र्यवहार, गैह्रकानूनी ओसारपसारजस्ता बालअधिकारविरुद्धका समस्या निराकरण गरी अनाथ, असहाय, सडक बालबलिाकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण र विद्युतीकरण आदि सुधार हुनुपर्ने सुझाव दिएको छ ।-रासस/File Photo

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology