प्राकृतिक चिकित्सालय र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालय र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग
received 619355129017094

सुदिप चापागाईं/कावासोती 
कावासोतीमा सक्रिय रहेका केही सामाजिक संस्थाहरुले नवलपुरको रजहरमा रहेको अस्थायि कोरोना उपचार केन्द्र प्राकृतिक चिकित्सालयमा मास्क तथा ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरेका छन।

नवलपुरमा सक्रिय संस्थाहरु मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपाल र आदर्श सांस्कृतिक मन्चको आयोजना तथा सुम्निमा हर्बलको सहयोगमा हस्तान्तरण गरिएको हो।

कोरोना को उपचारमा रहेका बिरामिहरुलाइ स्वास्थ्य लाभको कामनासङै उक्त सस्थाहरुले प्राकृतिक चिकित्सालयका प्रमुख मार्फत फलफुल ,मास्क ,सेनिटाइजर लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गरिएको ट्रस्टका अध्यक्ष श्याम श्रेष्ठले बताए ।

” कोरोना रोग औषधिले मात्र नभएर उच्च मनोबल ठिक गराउने हुदा , आफु छिटै निको भएर फर्किने छु भन्ने दृढ बिश्वास बोके यो रोगलाइ सहजै जितिनेछ ” भन्दै समाजसेवि श्याम श्रेष्ठ ले सम्पुर्ण बिरामिको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छ्न।

यस्तै मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपाल र आदर्श सांस्कृतिक मन्चको आयोजना तथा सुम्निमा हर्बल द्वारा आईतवार नै जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय नवलपुरलाइ मास्क तथा ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरेका छन।

कोरोना महामारीको विषम परिस्थितिमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरिले अग्रपंक्तिमा रहेर काम गरिरहेका अवस्थामा हुने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ सुरक्षामा सघाउ होस भन्ने हेतुले मास्क ,सेनिटाइजर लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गरिएको ट्रस्टका संरक्षक लालचन श्रेष्ठले बताए।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology