प्रदेश प्रमुखलाई विपक्षीको जवाफः कार्यकर्ताभन्दा तल्लोस्तरको अभिव्यक्ति

NAWALPUR TIMES

प्रदेश प्रमुखलाई विपक्षीको जवाफः कार्यकर्ताभन्दा तल्लोस्तरको अभिव्यक्ति
1620224720844

पोखरा । नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभामुख र संसदीय कार्यसूचीमाथि गलत अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसले भत्र्सना गरेको छ ।

दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले उनको अभिव्यक्ति कार्यकर्ता भन्दा तल्लो तहको भएको बताए ।

‘प्रदेश प्रमुख जस्तो पदमा आएको व्यक्तिले कार्यकर्ता भन्दा पनि तल्लो स्तरमा गएर बोल्नुभयो,’ उनले भने, ‘संविधानको धज्जी उडाएर क्षेत्राधिकार भन्दा बाहिर गएर जुन अभिव्यक्ति आएको छ । त्यसको घोर भत्र्सना गर्छु ।’ नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले पनि मर्यादामा बस्न चेतावनी दिए ।

‘सबैले आ–आफ्नो मर्यादामा बस्न जान्नुपर्छ । सभामुख पद तपाईंले जस्तै गरि बक्सिसमा प्राप्त गरेको पद होइन,’ उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘आफ्नो पदको गरिमा कायम राख्नु होला । तपाईं सेरेमोनियल पदमा आसिन हुनुहुन्छ ।’

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश प्रमुखले अभिभावकको मर्यादा घटाएको तर्क गरे । ‘तपाईंलाई सम्पूर्ण प्रदेशबासीले आफ्नो अभिभावक मान्ने गर्छन्,’ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘कति हतार २४ घण्टापनि आफ्नो मर्यादामा बस्न नसक्नेलाई हामी कसरी अभिभावक मानौं ?’

प्रदेश प्रमुख पौडेलले बुधबार पदभार ग्रहण गर्दै सभामुख नेत्रनाथ अधिकारीमाथि गैर संवैधानिक आरोप लगाएकी थिइन् । उनले संसदमा छलफलकै क्रममा रहेको अविश्वास प्रश्ताव मरिसकेको बताएकी छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology