पोर्चुगलमा एक नेपालीले होस्टेलबाट हाम फालेर गरे आत्महत्या

NAWALPUR TIMES

पोर्चुगलमा एक नेपालीले होस्टेलबाट हाम फालेर गरे आत्महत्या
fall down 1024x576

पोर्चुगलबाट नेपाल फर्किन टिकट काटेर बसेका एक नेपाली युवकले नेपाल फर्किनु एक दिन अगाडी आत्महत्या गरेका छन्।

नेपाल फर्किने दिन कुरेर राजधानी लिस्बनको एक होस्टेलमा बसेका उनले चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

नेपालमा सुदुर पश्चिम बझाङ घर भएका ३० बर्षीय दिनेशकुमार कुँवरको भोलि ८ जनवरी नेपाल घर फर्किने हवाई टिकट थियो । उनी नेपालमा आमाबाबालाई भेट्न जान चारदिन देखि लिस्बनको एक होस्टलमा बस्दै आएका थिए।

पोर्चुगलमा चार बर्षको निकै दुःख र संघर्ष गरेर आवासिय बैधानिकता पाएका उनि निकै हतास र डिप्रेशनमा रहेको उनका उनका नजिकका आफन्तले बताएका छन्।

पोर्चुगलको समय अनुसार दिउँसो अन्दाजी ४:३० बजेतिर होस्टल रहेको घरको चार तला माथिबाट बाटो/प्यासेजमा हाम फाल्दा उनको घटनास्थलमा नै मृत्युु भएको प्रहरीले जनाएको छ।

आत्महत्या गर्नु केही समय अघि उनले नेपालमा परिवार आफन्तसँग कुराकानी गर्दै माफी मागेको र त्यो सम्वाद नै जीवनको अन्तिम सम्वाद रहेको बताएका थिए। त्यसपछि उनले आमालाई सम्झिदै एक मार्मिक स्ट्याटस आफ्नो फेसबुकमा शेयर गर्दै आमासंग माफी माग्दै होस्टेलको चौथो तलाबाट हाम फालेका थिए।

उनले आत्महत्या गर्नुअघि आमालाई सम्झिदै फेसबुकमा यस्तो लेखेका थिए :

 “मिल्ने भए दुःख हटाइ खुशी किन्थे आमा,
  आफ्नो को हुन्, पराई को हुन्, सबै चिन्थे आमा !
  तिम्रो दुधको भारा कसरि तिर्नु म ,
 लाग्ने भए मेरो आयु थपिदिन्थे आमा !! ”

पोर्चुगलमा पछिल्लो २ सातामा ४ जना नेपालीले ज्यान गुमाएका छन्। दुई जनाको कोरोना संक्रमणबाट उपचारकै क्रममा मृत्यु भएको छ भने एक १ बर्षीय बालकको ब्लड क्यान्सरले उपचारकै क्रममा निधन भएको छ।

दुई साता नबित्दै ४ जना नेपालीको असामयिक निधनले पोर्चुगलको सिंगो नेपाली समुदाय स्तब्ध र शोकमा डुबेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology