पुर्वी नवलपरासीमा भदौ १४ गते मध्यरात सम्म निषेधाज्ञालाई निरन्तरता

NAWALPUR TIMES

पुर्वी नवलपरासीमा भदौ १४ गते मध्यरात सम्म निषेधाज्ञालाई निरन्तरता
nawalparasi

दीपक भट्टराई                                            कावासाेती/९ भाद्र
जिल्ला प्रशासन कार्यालय पुर्बी नवलपरासीले भाद्र १४ गते सम्मका लागि जारी निषेधाज्ञालाई थप गरेकाे छ ।समुदायमा देखिएको कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरेकाे हाे । सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रकाे आज बसेकाे बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आदेश जारी गर्दै भाद्र ९ गते राती १२ बजेबाट भाद्र १४ गते राती १२ बजे सम्म तोकिएका अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु सञ्चालन गर्न निषेध गरेको उल्लेख गरिएको छ ।

खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

 

यसैगरी सबै प्रकारका उद्योगव्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना,समेत सञ्चालनमा निषेध गरिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ १४” गतेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी सङ्क्रमक रोग ऐन २०२० को दफा २ बमोजिम आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द शर्मा भुसालले बताउनु भयाे ।

नवलपुरका ३ सय ९९ संक्रमितमध्ये ३ सय ३८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । बाकी संक्रमित उपचार भई रहेकाे छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology