पिसिआर परीक्षणका लागि भनसुन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

NAWALPUR TIMES

पिसिआर परीक्षणका लागि भनसुन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
pcr test2020 06 02 06 48 44

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ। जोखिम र संक्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै संक्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसिआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरेका हुन्।

‘भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन,’ उनले भने, ‘त्यसैले धेरै नै धनराशि विदेसिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ।’

कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उनले आग्रह गरेका छन्। शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ।

पिसिआर परीक्षण आफूखुसी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ। पिसिआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्पतालले पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन्। मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक सामग्री महङ्गो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्न/नगराउन उनले सबैलाई अनुरोधसमेत गरेका छन्। नेपालमा हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पिसिआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा संक्रमण देखिएको छ। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology