पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन

NAWALPUR TIMES

पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन
1616761963310

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन , प्रेस संगठन र प्रेस चौतारी नेपालसहित ११ संगठनबीच गठबन्धन भएको छ। प्रेस युनियनको नेतृत्वमा शुक्रबार ११ संगठनबीच भएको बैठकमा गठनबन्धन गर्ने निर्णय भएको हो ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।

गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज रहेका छन्।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology