नेकपा ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने

NAWALPUR TIMES

नेकपा ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने
images 1 4

काठमाडौं, २२ फागुन । नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतम ओली समूहको शनिबार बस्ने संसदीय दलको बैठकमा नजाने भएका छन्।

शुक्रबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले गौतम निवास पुगेर बैठकमा आउन आग्रह गरे पनि उनी बैठकमा नजाने बताइएको छ । शनिबार ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने समय तय गरिएको छ । तर, दुई कित्तामा विभाजित भएको कुनै पनि नेकपामा नलाग्ने अडान उपाध्यक्ष गौतमको रहेको उनले बताउदै आएका छन् ।

शुक्रबार दुई वर्षअघि प्रतिबन्धित विप्लव समूहसँग वार्तापछि अध्यक्ष ओली स्वयं शुक्रबार गौतम निवास गएर गौतमलाई जसरी भए पनि संसदीय दलको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए। तर, आफू बैठकमा उपस्थित नहुने जानकारी दिएको जनाइएको छ ।

शुक्रबार गौतमको स्वास्थ्य अवस्था बुझ्न भनि प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका थिए ।

उता, प्रचण्ड–नेपाल समूहले भने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट हटाएको छ । साथै, अब ओलीले प्रधानमन्त्री पदबाट राजिना नदिए नयाँ अविस्वासको प्रस्ताव तयार गर्ने उक्त समूहको तयारी रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology