नवलपुर अपडेट : कावासोतीमा ९ सहित नवलपुरमा थप १० जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

कावासोती । नवलपुरको कावासोती नगरपालिकामा थप ९ र गैंडाकोटमा १ सहित जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा बाट प्राप्त रिपोर्ट अनुसार संक्रमण देखिएकाहरुमा कावासोती नगरपालिका वडा नं १६ का ११ वर्षीय बालिका, ३० र २७ वर्षिय महिला, ३८ र ४३ वर्षीय पुरुष गरि ५ जना, कावासोती  नगरपालिका वडा नं ३ का २८,३० र ७५ वर्षीय ३ पुरुष र ३३ वर्षीय १ महिला रहेका छ्न । त्यस्तै गैंडाकोट नगरपालिकाकि ३ वर्षीय बालिकामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यस अघि आजै गैंडाकोटमा १६ र देवचुलीमा १ सहित १७ जनामा संक्रमण देखिएको थियो ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५३० जना पुगेको छ भने संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ । हालसम्म निको हुने ३६६ जना रहेको छन भने २ जना संक्रमितको मृत्यु भएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology