नवलपुरमा बन्दाबन्दी केही खुकुलो , सार्बजनिक यातायात माथी अझै प्रतिबन्ध

NAWALPUR TIMES

नवलपुरमा बन्दाबन्दी केही खुकुलो , सार्बजनिक यातायात माथी अझै प्रतिबन्ध
nawalparasi

दिपक भट्टराई/कावासाेती :   पुर्बी नवलपरासीमा मा काेराेना भाइरस संक्रमणका कारण जारी २ साता देखि गरिएकाे केही सेेेवाहरु माथिको प्रतिबन्ध केही खुकुलो पारिएको छ । दुईसाता देखि बन्द रहेका निजि सबारी साधन , होटल तथा पसलहरु अब संचालन गर्न पाईने छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार जारी गरेको आदेशमा केहि सेवाहरु संचालन माथिको प्रतिबन्ध खुला गर्दै केही सेवा माथिको प्रतिबन्ध भने कायम गरिएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आज राती देखि लागि लागू हुने गरी यस अघि जारी गरिएको आदेश निष्क्रिय गर्दै नयाँ आदेश जारी गरेको हो । खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, यात्रु बाहक यातायात सञ्चालन गर्न निषेध गरिएकाे उल्लेख गरिएको छ अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु निर्माण सामग्रीका पसल तथा बैंकहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिईने निर्णय भएकाे छ भने खाद्यान्न पसलहरु सञ्चालन गर्दा बिक्रेता तथा उपभोक्ताहरुले सेनिटाइजर, मास्क तथा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको प्रमुख जिल्ला अघिकारी घिमिरेले बताए

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology