देवचुलीकि जुम्ल्याहा दिदी बहिनीको म्युजिक भिडियोमा डेब्यु

NAWALPUR TIMES

नवलपुर/१५ भदौ

“बिहानीको झुल्के घाम पूर्व दिशाको
हाँसीराख सोल्टिनी किन रिसाको”

यिनै गीतको हरफसँगै नवलपुरका जुम्ल्याहा दिदिबहिनी एलिना र एलिसा केसीले म्युजिक भिडियोमा डेव्यु गरेका छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोहरुमा जुम्ल्याहाको अभिनय बढिरहेको छ, यसै क्रममा नवलपुरबाट पनि म्युजिक भिडियोमा जुम्ल्याहा दिदी बहिनीले डेब्यु गरेका हुन ।

सुरेश सुन्दासको रचना गायक कृष्ण केसी र गायिका सीता केसीको आवाजमा रहेको गीत “किन रिसाको”मा संगित संयोजन चित्र बहादुर आचार्य गरेका हुन भने चर्चित “गीत ओए” भन्यो मायाले झ्यालबाटका गायक हरि गिरि बिमर्सीको निर्माण रहेको सो गीतको गणेश भण्डारी”जेरी”ले निर्देशन गरेका छन ।

प्रिज्म रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको गीतमा श्यामश्वेत रसाईलीले मिक्सिङ्ग गरेका छन् भने कृष्ण केसीले गीतमा एरेन्जको काम गरेका छन् ।

गीतलाई गायक बिमर्शीको अफिसियल युट्युब च्यानल Hari Giri Bimarshi मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा अभिनय गर्ने जुम्ल्याहा दिदिबहिनी मध्ये एलिना सञ्चारकर्मी हुन भने एलिसाको व्यवसाय समेत रहेको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology