दाउन्ने दुर्घटना अपडेट :हाल सम्म ३१ जनाको उद्धार , उद्धार कार्य जारी

NAWALPUR TIMES

दाउन्ने दुर्घटना अपडेट :हाल सम्म ३१ जनाको उद्धार , उद्धार कार्य जारी
1618663898420

नवलपुर । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गा.पा. २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व  तर्फ आउदै गरेको  ना.५ ख. ७००० नं.को बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिएका छ्न ।  घटनाको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट  प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा,ईलाका प्रहरी कार्यालय दुम्किवास र प्रहरी चौकी दाउन्नेबाट खटिइएको  प्रहरी टोलीले उद्वार कार्यमा जुटेको गिरीले बताए  । दुर्घटनामा परी घाइते मध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology