दाउन्नेमा बस दुर्घटना : सडकबाट २०० मिटर तल खस्यो

NAWALPUR TIMES

दाउन्नेमा बस दुर्घटना : सडकबाट २०० मिटर तल खस्यो
1618663898420

नवलपुर । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गा.पा. २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व तर्फ आउदै गरेको  ना.५ ख. ७००० नं.को बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिएका छ्न ।

बसमा  सवार यात्रुहरुको विवरण अहिलेसम्म नखुलेको गिरीले बताए । घटनाको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा ईलाका प्रहरी कार्यालय दुम्किवास र प्रहरी चौकी दाउन्नेबाट खटिइएको  प्रहरी टोली उद्वार कार्यमा जुटेको गिरीले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology