डिजेल र मट्टीतेलको मूल्य घट्यो

NAWALPUR TIMES

डिजेल र मट्टीतेलको मूल्य घट्यो
petrol diesel3455 1532322958 618x347

काठमाडौं, १ असोज । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।बुधबार रातिदेखि लागू हुने गरी मूल्य घटाएपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल प्रतिलिटर ९० रुपैयाँमा बिक्री–वितरण हुनेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले गत बिहीबार दिउँसो नयाँ मूल्यसूची पठाएको थियो । सो मूल्यसूची केही घटेर आएकाले नेपाली बजारमा समायोजन गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology