जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते

NAWALPUR TIMES

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते
accident sPuNXpyuua 1

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका–४, देउलेख बजारनजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आठजना घाइते छन् ।

जीपमा सवार सुर्मा गाउँपालिका–१ का २७ वर्षीय विनोद बोहोराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा देउलेखस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये सातजनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । एकजनालाई उपचारका लागि धनगढी पठाइएको छ ।

बझाङको चैनपुरबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ००९५ नम्बरको जीप गए राति करिब साढे १२ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology