चौधरी उद्योगमा एसी जडान गर्ने क्रममा करेन्ट लागेर देवचुलीका भुसालको मृत्य

NAWALPUR TIMES

चौधरी उद्योगमा एसी जडान गर्ने क्रममा करेन्ट लागेर देवचुलीका भुसालको मृत्य
1629370050833

राजु चपागाई/ कावासोती । पुर्वी नवलपरासिको देवचुली नगरपालिका वडा नं ३ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा एसि जडान गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

उद्योग ग्रामको वियर प्लान्टमा कार्यरत देवचुली १२ निवासी चक्रपाणी भुसालको मृत्यु भएको हो ।

बिहिबार विहान करिब ११ बजेको समयमा बियर प्लान्टका सिनियर ईलेक्ट्रिसियनका रुपमा कार्यरत भुसालको उपचारको क्रममा भरतपुर स्थिति नयाँ मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी निरिक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।

सोही बियर प्लान्टमा केही समय पहिले भीषण आगलागी समेत भएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology