चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो

NAWALPUR TIMES

चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो
corona insurance bqd17iyeM6

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएसँगै अहिले भुक्तानी पाउने क्रममा केही सुधार आएको हो ।

बिमासमितिका अनुसार विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले बितेका पछिल्लो ६ दिनमा मात्रै कोरोना बिमाबापत ३ हजार जनालाई कुल ३४ करोड ४४ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।समितिले उपलब्ध गराएको मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म कुल २१ हजार ५ सय १ जना बिमितले २ अर्ब ९ करोड६३ लाख २५ हजार रुपैयाँ भुक्तानी पाएका छन् ।राजधानी दैनिकमा खबर छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology