चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

NAWALPUR TIMES

चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
accident

पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology