कावासोतीको जंगलमा स्कुटर दुर्घटना एक जनाको ज्यान गयो

NAWALPUR TIMES

कावासोतीको जंगलमा स्कुटर दुर्घटना एक जनाको ज्यान गयो
1564816942accedent 1605851285

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डको कावासोती–८ खरकट्टामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा कावासोती- २ का ३५ वर्षीय जिवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

खरकट्टा जंगलमा लु ५८ प ७०४८ नम्बरको स्कुटर र चालक लडि रहेको भन्ने सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाएकोमा  जिल्ला अस्पतालबाट पनि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएका रानालाई अस्पतालले मृत घोषणा गरेको डिएसपी गिरीले बताए ।

रातको समयमा दुर्घटना भएको हुँदा दुर्घटनाको कारण पत्ता नलागेकोले यस विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology