कांग्रेस नेता नवीन्द्रराज जोशीको अप्रेसन सकियो : कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने

NAWALPUR TIMES

कांग्रेस नेता नवीन्द्रराज जोशीको अप्रेसन सकियो : कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने
thumb

काठमाडौं । नोपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन गरिएको छ । दाजु राजुराज जोशीका अनुसार अप्रेसनपछि उनलाई अहिले आईसीयूमा सारिएको छ ।

डाक्टरले जोशीलाई कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको राजुराजले जानकारी दिए । बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

जोशीको मस्तिस्कमा थोरै रगत देखा परेकाले उनको तत्काल अप्रेसन गरिएको हो । चिकित्सकहरुले जोशीको मस्तिस्कघात धेरै जोखिमपूर्ण नभएको बताएको पारिवारिक स्रोतले बताएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology