कांग्रेसको रोकिएको १६ जिल्ला अधिवेशन फागुन १३ गते

NAWALPUR TIMES

कांग्रेसको रोकिएको १६ जिल्ला अधिवेशन फागुन १३ गते
nepali congress 20210720200342

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले महाधिवेशन हुन नसकेर १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय गरेका थियो ।

महाधिवेशन लगत्तै पुस २७ का लागि तोकेको जिल्ला अधिवेशन राष्ट्रियसभा निर्वाचनका कारण सारेर माघ १५ मा तोकिएको थियो । तर, कोरोना महामारीका कारण फेरि अनश्चित भएको जिल्ला अधिवेशन आगामी फागुन १३ मा तोकिएको हो ।

मधेस प्रदेशका ८ जिल्ला सहित चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेतसहितका १६ जिल्लामा अधिवेशन बाँकी छ ।

अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले केही गाउँपालिका र नगरपालिकासहित वडाहरू र निर्वाचन क्षेत्रको अधिवेशन बाँकी रहेको भन्दै फागुन १० गते भित्रै अधिवेशन सक्नेगरी पत्राचार गरिएको जानकारी दिए ।उनले १३ गते अधिवेशन भएका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्नुपरे १४ गते नै गरेर चाँडै परिणाम घोषण गर्ने पनि जानकारी दिए ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology