ओली र देउवाको एउटै दाउ

NAWALPUR TIMES

ओली र देउवाको एउटै दाउ
oli deuba

नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा हुन् ।

तर, निर्णायक शक्ति जसपाले नयाँ सरकार गठनको विषयमा निर्णय लिन सकेको छैन । प्रधानमन्त्री एवं एमालेका अध्यक्षका केपी शर्मा ओलीसँग संघन छलफलमा रहेको जसपासँग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि छलफल गरेको छ ।

पार्टीले गरेको निर्णयअनुसार कांग्रेसले माओवादी केन्द्र र जसपासँग छलफल थालेको हो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफ्नो साथ रहने जवाफ दिए पनि जसपाले अहिलेसम्म कुनै पनि जवाफ नदिएकोले देउवाको नेतृत्वमा सरकार गठनको प्रक्रिया तत्काल अगाडि नबढ्ने कांग्रेसका एक नेताले बताए ।

ती नेताका अनुसार सरकारको नेतृत्व गर्न जसपाको साथ अनिवार्य रहेको र जसपाले साथ नदिने बित्तिकै सरकार गठनको काम अगाडि बढ्न सक्दैन ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ओली सरकार विस्थापित गरेर पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने दबाब दिएपछि एक साताअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

सो निर्णय कार्यान्वयन नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएपछि शुक्रबार सभापति देउवाले माओवादी केन्द्र र जसपासँग सरकार गठनको लागि छलफल गर्नुभएको थियो । उक्त छलफलमा नयाँ सरकार गठनको विषयलाई लिएर सभापति देउवा र पौडेलबीच भनाभन नै भएको थियो ।

यो समाचार आजको नेपालसमाचारपत्र छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology