ओलीको दाबी : वैशाखमा चुनाव हुन्छ, कसैको भ्रमको पछि नलाग्नुहोस्

NAWALPUR TIMES

ओलीको दाबी : वैशाखमा चुनाव हुन्छ, कसैको भ्रमको पछि नलाग्नुहोस्
Capture

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
‘वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाईंहरु भ्रमको पछि नलाग्नुहोस्’, उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ।’

वैशाखको चुनाव कसैले टार्न नसक्ने उनले दाबी गरे। ‘सर्वोच्च अदालतमा धेरै मुद्दा चलिहरेको छ, संसद विघटन भइसक्यो अब बिउँझिँदैन,’ उनले आफ्नै पार्टीभित्रका नेताहरुले सरकारको काम गर्न नदिएको आज पनि दोहोर्‍याए।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology