उधारो खाएको सय रुपैया माग्दा खाजा पसलेको ज्यान गयो

NAWALPUR TIMES

उधारो खाएको सय रुपैया माग्दा खाजा पसलेको ज्यान गयो
attack crime

वीरगंज, २८ मङ्सिर । आनन्द थारुले उधारो खाजा खाएको तिरेका थिएनन् । आफ्नो पसलमा खाजा खाएको एक सय रुपैयाँ महिनौसम्म नतिरेपछि उमेश सहनीले मागे । दुवैबीच विवाद भयो । त्यसक्रममा थारुले सहनीलाई कुटपिट गरे ।

यो घटना पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर टाँडीको हो । खाजा पसल थापेको उमेश सहनीले आनन्द थारुसँग मंसिर २४ गते खाजा खाएबापत उधारो एक सय माग्दा कुटेका थिए ।

घाइते सहनीको न्युरो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएको हो । कुटपीट गर्ने थारुलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी कारबाइ प्रक्रिया अगाडि बढाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology