आजको मौसम : कर्णालीबाहेक प्रदेशका केही ठाउँमा भारी वर्षा

NAWALPUR TIMES

आजको मौसम : कर्णालीबाहेक प्रदेशका केही ठाउँमा भारी वर्षा
1594948368.rain

काठमाडौं। देशभरको मौसम सामान्य बदली रही प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ।

 

आज दिउँसो देशभर मौसममा सामान्यतया  बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्‍चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

 

त्यस्तै आगामी २४ घण्टा प्रदेश १, २, बागमती,  गण्डकी, प्रदेश ५ र  सुदूरपश्‍चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology