अवैधरुपमा खोला उत्खनन गरी चोरी निकासी गरिरहेका ११ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES

अवैधरुपमा खोला उत्खनन गरी चोरी निकासी गरिरहेका ११ ट्र्याक्टर प्रहरी नियन्त्रणमा
136057824 423270788817031 1468860529922477314 n

कावासोती । अवैध रुपमा खोला उत्खनन गरेर खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा पुर्वी नवलपरासी प्रहरीले ११ वटा ट्र्याक्टर नियन्त्रण लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी र ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले विनयी त्रिवेणी गाउपालिका वडा नं. २ जोगिकुटि स्थित विनयी खोलाबाट खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गर्दै गरेको ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।

खाँणका अनुसार लु२त ८२५३, लु३त ४२५८, लु४त ६९, लु२त ७७५०, लु४त ५७६४, लु३त १२७५ र ५ वटा नं. नखूलेको ट्र्याक्टर गरी जम्मा ११ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका ट्रयाक्टरहरुलाई आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology